नेभिगेशन
समाचार

२४ घण्टामा विपद्‌ले चार जनाको ज्यान गयो, २८ घाइते

प्रिमनसुनसँगै आएको खराब मौसमका कारण पछिल्लो २४ घण्टामा देशभर विभिन्न विपद्का घटनाले चार जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरी, बाढी, पहिरो, चट्याङलगायत घटनाले ५० जिल्ला प्रभावित भएका छन्।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। यस्तै, चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एकजना घाइते भएका छन्।

केसीका अनुसार शुक्रबार २४ घण्टाको अवधिमा मात्र ५० जिल्लामा ९४ वटा विपद्का घटनाहरू दर्ता भएका छन्। प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

सरकारले पीडितहरूको उद्धार तथा राहत कार्यमा प्राथमिकता दिएको जनाएको छ। मौसमविद्हरूले प्रिमनसुनका समयमा यस्ता घटना बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update