नेभिगेशन
समाचार

सभापति रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसहित लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेका अन्य दुई रिटमाथि पनि सुनुवाइ सकिएको हो । आदेश आउन भने बाँकी रहेको छ ।

वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update