नेभिगेशन
समाचार

नेपाल घुम्न आए बेलायती राजकुमारी (तस्बिरहरु)

नेपाल घुम्न आए बेलायती राजकुमारी (तस्बिरहरु)

काठमाडौं । बेलायती राजकुमार ड्युक एडिनबर्ग र डचेस सोफी नेपालको भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

एड्वार्ड र सोफी मंगलबार नेपाल आएका हुन् । उनीहरु ६ दिन नेपालमा रहने र उनीहरूले नेपाल र बेलायत बीचको घनिष्ठ सम्बन्धलाई नजिकबाट नियाल्ने स्ट्याण्डर्ड डट सिओ डट युकेले जनाएको छ ।उनीहरु ६ दिन नेपालमा रहने र उनीहरूले नेपाल र बेलायत बीचको घनिष्ठ सम्बन्धलाई नजिकबाट नियाल्ने स्ट्याण्डर्ड डट सिओ डट युकेले जनाएको छ ।

 

यो जोडीले नेपालको सुन्दरता अनुभव गर्नेछन् । उनीहरु घान्द्रुक पुग्ने कार्यक्रम छ जहाँबाट अन्नपूर्णा हिमशृङ्खलाको दृश्यहरू देख्न सकिन् छ। यो उनीहरूको पहिलो नेपाल भ्रमण हो ।

सोफीले हालै आफ्नो ६०औं जन्मदिन मनाएकी थिइन् ।

ड्युक एडिनबर्ग राजा चार्ल्स तृतीयका कान्छा भाइ हुन् । उनी पोखरास्थित ब्रिटिश गोर्खा क्याम्पमा नयाँ गोर्खा भर्तीहरूको एटेस्टेसन परेडमा समेत सहभागी हुनेछन् ।

डिनबर्ग दम्पतीले मानव तस्करी र लैंगिक हिंसामा बाँचेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने र समर्थन गर्ने संस्थाहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

सोफी संयुक्त राष्ट्रसंघको महिला, शान्ति र सुरक्षा एजेन्डाकी समर्थक हुन् । गत अक्टोबरमा माल्टामा भ्रमणका क्रममा मानव तस्करी पीडितहरूलाई समर्थन गर्ने विषयमा माल्टा प्रहरी बल र मानव अधिकार निर्देशनालयका सदस्यहरूसँगको छलफलमा उनी सहभागी भएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update