नेभिगेशन
समाचार

बुद्ध जयन्तीका अवसरमा स्वयम्भूमा बुद्ध जयन्ती भब्यरुपमा मनाइदै

काठमाडौँको स्वयम्भूनाथ स्तूपमा २५६९औं बुद्ध जयन्तीको अवसरमा भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन्।

यस वर्षको बुद्ध जयन्ती बैशाख २९ गते सोमबार पर्न आएको हो। बौद्ध समुदायका व्यक्तिहरू तथा श्रद्धालुहरूले स्वयम्भू लगायतका बौद्ध तीर्थस्थलहरूमा गई श्रद्धा र भक्तिसाथ बुद्ध जयन्ती मनाइरहेका छन्।

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।

स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ ।

स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए ।

बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ ।दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज बुद्ध जयन्ती मनाइँदै

आज बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। सोमबार २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएको हो। नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन्। इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख...
Weather Update