चार हजर ६७० मिटर उचाईको नाराा लेकको सडकको वैकल्पिक मार्गको निर्माण सुरु भएको छ। मित्र राष्ट्र चीनको सिमाना जोड्ने सिमकोट हिल्सा सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन र दुरी समेत छोटो पार्न नाम्खा गाउँपालिका– ५ को तुम्कोटबाट रङ्गीफु हुँदै वैकल्पिक मार्ग निर्माण सुरु गरिएको हो।
कर्णाली करिडोरको तुम्कोट यारी नारा हुँदै हिल्सासम्मको सडकको वैकल्पिक मार्गका रुपमा तुम्कोट रङ्गीफु हुँदै हिल्सा सडकको निर्माण सुरु भएको नाम्खा गाउँँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए। यो क्षेत्रको सडक गाउँपालिकाले आफ्नै लगानीमा निर्माण सुरु गरेको हो।
यस वर्ष एक करोड लागतमा उक्त सडकको निर्माण सुरु भएको छ। अर्कोतर्फ लिमीको तीलको तैजुङबाट हिल्सातर्फ पनि सडक निर्माण हिल्सा सिमकोट सडक योजनाले निर्माण सुरु गरेको छ। यो सडक निर्माणलाई अब वर्षेनी निरन्तरता दिईनेछ। योजनाले यो वर्ष दुई करोड पन्द लाख लागतमा सडकको निर्माण सुरु गरेको छ। अध्यक्ष लामाले हिल्सा सिमकोट सडकलाई सधै सुचारु गर्नका लागि यो बिकल्पतर्फ गाउँपालिका लागेको बताए।
नारा पाँँचदेखि छ महिना हिउँ जम्ने भएको कारण सडक हिउँदे याममा बन्द रहने गर्छ। हिल्सा सडक योजनाले वर्षेनी हिउँ फाल्नका लगि बजेट खर्च गर्दै आएको छ। त्यसैगरि हिमपहिरोको कारण सडक पनि भत्किदै आएको छ। त्यो समेत वर्षेनी मर्मत गर्नु परि रहेको छ। हाल निर्माण सुरु भएको सडकको उचाई तीन हजार १५० मिटर उचाई रहेको छ। यसले गर्दा सधै हिउँ जम्दैन। अर्काे कुरा तुम्कोट नारा हिल्सा सडक ३७ किलो मिटर लम्बाई रहेको छ।
यता तुम्कोट रङ्गीफुबाट हिल्सासम्म जम्मा २७ किलो मिटर लम्बाई रहेको छ। यस हिसावले साढे दश किलो मिटर सडक पनि छोटो पर्ने छ। हाल निर्माण भई रहेको तुम्कोट रंङ्गीफ सडकमा रहेको चट्टान बिष्फोट गर्नुपर्ने भएपछि त्यसको बिष्फोटक पदाार्थ सिफारिस गर्नका लागि स्थलगत रुपमा अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले यो सडक निर्माण भए सधैका लागि सडक सुचारु हुने अबस्था रहेको बताए। हाललाई तीन सय राउण्ड बिष्फोट गर्नका लागि बिष्फोटक पदार्थका लागि जिल्ला सुरक्षा समितिले सेनालाई ब्यवस्थाका लागि सिफारिस गर्ने भएको छ।
वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। सोमबार २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएको हो। नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन्।
इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख...सोमबार, वैशाख २९, २०८२