भारत र पाकिस्तानबीच जारी सैन्य तनाव बढ्न थालेपछि धर्मशालामा बिहीबार राति खेलिँदै गरेको पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल रोकिएको छ।
बिहीबार राति ९स्२९ बजे मैदानका फ्लडलाइट बन्द गरिएको छ । त्यसपछि खेलाडी र दर्शकहरूलाई मैदानबाट बाहिर निकालिएको छ। खेल भइरहँदा भारतको पञ्जाबस्थित पठानकोट एयर बेसमा ड्रोन आक्रमण भएको छ ।
पाकिस्तानसँग युद्ध बढ्न थालेपछि रोकियो आईपीएलको खेल, दर्शक र खेलाडी रंगशालाबाट निकालियो
नयाँदिल्ली – भारत र पाकिस्तानबीच जारी सैन्य तनाव बढ्न थालेपछि धर्मशालामा बिहीबार राति खेलिँदै गरेको पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल रोकिएको छ।
बिहीबार राति ९स्२९ बजे मैदानका फ्लडलाइट बन्द गरिएको छ । त्यसपछि खेलाडी र दर्शकहरूलाई मैदानबाट बाहिर निकालिएको छ। खेल भइरहँदा भारतको पञ्जाबस्थित पठानकोट एयर बेसमा ड्रोन आक्रमण भएको छ ।
पाकिस्तानबाट ड्रोन आक्रमण तीव्र भएपछि हिमाचलको धर्मशालाको एचपीसीए मैदानमा भइरहेको पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सको खेल रोकिएको हो। मैदानका सबै फ्लडलाइटहरू बन्द गरिएका छन् र सबै समर्थकहरूलाई अहिले धमाधम बाहिर निकालिँदैछ। आज आईपीएल २०२५ को ५८औं खेल पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेको थियो।
यस खेलमा दिल्लीले प्लेअफको दौडमा टिकिरहन जित हासिल गर्नु अनिवार्य थियो । पञ्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। टी नटराजनले पञ्जाबलाई पहिलो झटका दिएका थिए। उनले प्रियांश आर्यालाई आउट गरेका थिए। आर्या ३४ बलमा ७० रन बनाएर आउट भए। क्रिजमा कप्तान श्रेयस अय्यर र उनलाई साथ दिइरहेका प्रभसिमरन सिंहले ब्याटिङ गरिरहेका बेला खेल रोकिएको हो ।