नेभिगेशन
समाचार

सोती घटनाबारे उच्चको फैसलामा असन्तुष्टि जनाउँदै काठमाडाैंमा प्रदर्शन,

जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको सोती घटनाबारे उच्च अदालतको फैसलामा असन्तुष्टि जनाउँदै काठमाडाैंमा प्रदर्शन भएको छ । उच्चले उक्त घटनामा संलग्न २३ जना प्रतिवादीलाई सुनाइएको जन्मकैदको सजाय सदर गरे पनि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला भने उल्टाइएको थियो । 

त्यसप्रति असन्तुष्टि जनाउँदै नवराजका आमाबुबासहितको संलग्नतामा काठमाडाैंमा प्रदर्शन गरिएको हो । १० जेठ २०७७ मा  रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा प्रेमिका लिन गएका नवराजसहित ६ जनाको कुटपिट गरी भेरी नदीमा बगाएर हत्या भएको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update