नेभिगेशन
समाचार

टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु

रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी टेलरका सहचालक घोराही उपमहानगरपालिका ११, हापुर दाङ बस्ने वर्ष २९ का आयुष गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सहिदमार्ग सडक खण्डअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्वर २ दुई खोलीमा ना १ क ६९६८ नम्बरको सिमेन्ट बोकेको टेलर बाटोदेखि एक सय ५० मिटर तल खोलामा खसि दुर्घटना भएको हो । टेलरका चालक परिर्वतन गाउँपालिका वडा –२ का वर्ष ३० का कृष्णप्रसाद डाँगी गम्भीर घाइते हुनुभएको छ । घाइतेका दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोरही दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update