नेभिगेशन
समाचार

अमेरिकाले क्यानडामाथि कर लगाउने निर्णय एक महिनाका लागि किन गर्‍यो स्थगित ?

अमेरिकाले क्यानडामाथि कर लगाउने निर्णय एक महिनाका लागि किन गर्‍यो स्थगित ?

काठमाडौं । अमेरिकाले क्यानडामाथि ३० दिनका लागि कर लगाउने निर्णय रोक्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको पुष्टि गरेका छन् ।

क्यानडाले फेन्टानिलजस्ता अवैध लागुऔषधलाई सीमाबाट अमेरिका प्रवेश गर्नबाट रोक्न कदम चालेपछि ३० दिनका लागि कर रोक्ने निर्णय गरिएको ट्रम्पले बताएका छन् ।

क्यानडाले संयुक्त राज्य अमेरिकासँगको आफ्नो उत्तरी सिमाना सुरक्षित रहने कुरा सुनिश्चित गरेको छ,” ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा लेखेका छन् ।

उनले क्यानेडाली प्रधानमन्त्री जस्टिस ट्रुडोको एउटा पोस्ट उदृत गरे, जसमा उनले सीमा सुरक्षाका लागि १.३ अर्ब क्यानेडियन डलर खर्च गर्ने प्रतिबद्धता जनाएका थिए । 

ट्रुडोले क्यानडा–अमेरिका सीमाको निगरानी गर्न र लागुऔषध ओसारपसारविरुद्ध कारबाही गर्न एक अधिकारी नियुक्त गरेका छन् ।

दुई दिनअघि ट्रम्पले मेक्सिको र क्या

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update