नेभिगेशन
समाचार

नक्कली परीक्षार्थी बनेका अस्कलका स्ववियु सचिव शाहीको आपराधिक कुण्डली

साढे दुई महिनाको अवधिमा दुई वटा अपराधमा मुछिएका शाहीको विगत पनि आपराधिक नै देखिन्छ । सीआरएसमा उनीविरुद्ध यसअघि प्रहरी कुट्नेदेखि दुईवटा ज्यान मार्ने प्रयास गरेको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

लोकसेवा आयोगले लिने प्रहरी जवानको लिखित परीक्षाको एउटा सेन्टर मध्यबानेश्वरस्थित रत्नराज्य माविमा परेको थियो । रत्नराज्य मावि प्रहरी वृत्त नयाँ बानेश्वर एरियामा पर्ने भएकाले वृत्त नयाँ बानेश्वरको टोली पनि आइतबार सुरक्षार्थ खटिएको थियो ।

यसअघिका प्रहरी जवानका परीक्षामा समेत केही नक्कली परीक्षार्थी सहभागी भएको पाएपछि प्रहरीले पक्राउ गर्दै कानुनी प्रक्रिया अघि बढाएको थियो । आइतबारको परीक्षामा पनि यस्तै प्रकृतिका परीक्षार्थी सहभागी हुनसक्ने आशंकासहित जाँच गरिएको थियो । नभन्दै रत्नराज्यमा सहभागी परीक्षार्थीमध्ये ६ जनाको प्रवेशपत्र नै शंकास्पद देखियो ।

थप जाँच गर्दै रेकर्डमा रहेको प्रवेशपत्र फारमको फोटोसँग जाँच गर्दा मेल खाएन । ‘प्रवेशपत्र फारममा एउटा र परीक्षा दिइरहेका बेला बोकिएको प्रवेशपत्रमा अर्को तस्वीर भेटिएपछि बिहान ९:५० बजे ६ जनालाई नियन्त्रणमा लियौं,’ वृत्त नयाँबानेश्वरका एक अधिकृत भन्छन्, ‘एउटा तस्वीर उप्काएर अर्को टाँस गरी नक्कली परीक्षार्थीबाट परीक्षा दिएको पाइयो ।’

यसरी अर्कैको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका ६ जनामध्ये एक जना हुन्, कालिकोट शुभकालिका गाउँपालिका-७ घर भई काठमाडौं लैनचौर बस्दै आएका २४ वर्षीय गोपालबहादुर शाही ।

उनले कोही आफन्तको परीक्षा दिएका थिए वा कसैबाट रकम लिएर परीक्षा दिएका थिए भन्नेबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहरा बताउँछन् ।

शिक्षा ऐन २०२८ को दफा १७ अन्तर्गतको कसुरमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । दफा १७ को १ (क) अनुसार अरुको परीक्षा दिनेलाई कसुरको मात्रा हेरि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

शिक्षा ऐन २०२८ को दफा १७ अन्तर्गतको कसुरमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । दफा १७ को १ (क) अनुसार अरुको परीक्षा दिनेलाई कसुरको मात्रा हेरि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update