नेभिगेशन
समाचार

नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन: प्राविधिक ढिलाइले मतदान समय ५:४५ बजेसम्म बढाइयो

नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन: प्राविधिक ढिलाइले मतदान समय ५:४५ बजेसम्म बढाइयो

 नेपाल ल क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी रहेको छ। मतदान प्रक्रिया विहान ८:०० बजे सुरु हुने बताइएको भए पनि प्राविधिक कारणले करिब ४५ मिनेट ढिलो भई ८:४५ बजेबाट मात्र सुरुआत गरिएको हो।

निर्वाचन समितिका अनुसार, सुरुआती ढिलाइलाई ध्यानमा राख्दै मतदानको समय ४५ मिनेट थप गरिएको छ। अब बेलुका ५:४५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ। निर्धारित समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका सम्पूर्ण विद्यार्थीहरूले मतदान गर्न पाउनेछन्।

विशेषत: यस क्याम्पसमा पहिलोपटक डिजिटल प्रणालीमार्फत निर्वाचन प्रक्रिया सञ्चालन हुँदैछ। डिजिटल मतदान प्रणालीले निर्वाचनलाई पारदर्शी र समयमै सम्पन्न गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

विभिन्न विद्यार्थी संगठनहरू आ-आफ्ना उम्मेदवारसहित प्रतिस्पर्धामा छन्। निर्वाचनले क्याम्पसको नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थी नेताहरू उत्साहित देखिएका छन्।

यो निर्वाचन विभिन्न कारणले निर्धारित मितिमा सम्पन्न हुन सकेको थिएन। पूर्वनिर्धारित तालिका अनुसार चैतमा सम्पन्न हुने भनिएको निर्वाचन विशेष कारणवश आज वैशाख ८ गतेका लागि सारिएको हो।

मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने विद्यार्थीहरूमा मतदानको उत्साह उल्लेखनीय देखिएको छ। चुनाव परिणामप्रति सम्पूर्ण विद्यार्थी समुदायको चासो केन्द्रित छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update