नेभिगेशन
समाचार

नेपाली काङ्ग्रेस बाँसगढी द्वारा आयोजित प्रथम नगर सम्मेलन मा, उच्चस्तरीय नेताहरुको उपस्थितिमा सम्पन्न,

, बर्दिया — नेपाली कांग्रेस बाँसगढी नगर कार्यसमितिद्वारा आयोजित विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य माननीय सन्जय गौतमले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस नगर सभापति लोहारी मथारुले गर्नुभएको थियो। विशिष्ट अतिथिका रूपमा भुबनेश्वर थारु, पुस्पलाल श्रेष्ठ, र जिल्ला उपसभापति गोबिन्द थारुजस्ता नेताहरूको उपस्थिति रहेको थियो।

  गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव, मधुबन नगर प्रमुख तथा सादगी नेता तेज बहादुर भाट, महासमिति सदस्य देबकिनन्दन त्रिपाठी, प्रदेश सभा क्षेत्रीय सभापति सबिन थापा, महाधिवेशन प्रतिनिधि पवित्रा अर्याल, उद्योग वाणिज्य संघ बाँसगढीका अध्यक्ष बद्री बराल  नेपाली कांग्रेस बर्दियाका नेता   टिएल रिजाल लगायतको उपस्थिति कार्यक्रममा उल्लेखनीय रह्यो।

त्यसैगरी, बाँसगढी नगर नेपाली कांग्रेसका कार्यसमितिका सचिव एकनारायण अधिकारी, वडा नं ९ का वडाध्यक्ष चन्द्रबहादुर शाही, युवा नेता कृष्णप्रसाद सुबेदी, युवा नेता अमृत देवकोटा लगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालनका रुपमा बाँसगढी कांग्रेसका सचिव ओम प्रकाश पौडेलले गर्नु भएको थियो।

नेताहरूबीच शुभकामना आदानप्रदान गर्दै, पार्टीको संगठन सुदृढीकरण, समावेशी नेतृत्व विकास र आगामी राजनीतिक कार्ययोजनाका विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्।
कार्यक्रमले बाँसगढी नगरमा नेपाली कांग्रेसप्रतिको जनविश्वास अझ प्रगाढ बनाएको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update