नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरो दुवैको भाउ आज घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम भएको छ । सोमबार एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ २८ पैसा र बिक्रीदर १४८ रूपैयाँ ९३ पैसा रहेको छ । सोमबार युरो एकको खरिददर १४८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रूपैयाँ १० पैसा कायम भएको थियो ।