नेभिगेशन
समाचार

खगेन्द्र सुनारको उपेन्द्र यादवलाई चेतावनी "तेरो पार्टी कार्यालयमा कति लिटर पेट्रोल छर्किन पर्छ मलाई थाहा छ! दम छ भने छोएर हेर – दलितलाई!"

पछिल्ला दिनहरूमा दलित अधिकारको आवाज उठाउँदै आएका लोकप्रिय अभियन्ता खगेन्द्र सुनारले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई कडा चेतावनी दिएका छन्। सिरहाका गाउँपालिका अध्यक्ष शिवजी यादवलाई रिहा नगरे दलित बस्तीमा आगो लगाउने धम्की दिएको आरोप उपेन्द्र यादवमाथि लागेपछि सुनार आक्रोशित बनेका छन्।

तेरो पार्टी कार्यालयमा कति लिटर पेट्रोल छर्किन पर्छ मलाई थाहा छ! दम छ भने छोएर हेर – दलितलाई!"
यो कडा चेतावनीसँगै सुनारले सामाजिक न्यायका लागि जारी आन्दोलनलाई अझ सशक्त बनाउने संकेत गरेका छन्।
दलितमाथि भइरहेका अन्यायविरुद्ध सुनार पछिल्लो ४५ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। जाजरकोटका नवराज विकदेखि पछिल्लो समयको सतेन्द्रसम्म, उनी दलित समुदायमाथि भइरहेको विभेदको अन्त्यका लागि संघर्षरत छन्।

अपमानको सिंहासन भन्दा सम्मानको मृत्यु प्यारो!" – सुनारको यो भनाइ दलित समुदायको संघर्षलाई प्रतिबिम्बित गर्छ।
दलित अधिकारको माग राख्दै आन्दोलन गरिरहेका सुनारलाई सरकारले एक दिन हिरासतमा राख्यो। तर, उनी झनै दृढ बने। "सरकारले मलाई रोक्न सक्छ, तर मेरो आवाज बन्द गर्न सक्दैन," उनी भन्छन्।

यस आन्दोलनले के मोड लिन्छ? खगेन्द्र सुनारको यो चुनौतीले दलित अधिकारका मुद्दालाई कसरी नयाँ मोड दिन्छ? अब आउने दिनहरूमा नेपाली समाजमा यसको प्रभाव के पर्नेछ? यी प्रश्नहरू गम्भीर छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update