नेभिगेशन
समाचार

काठमाडौँ आउँदै गरेका ७ जना भारतीय क्रिप्टो कारोबारी फर्पिङबाट पक्राउ

काठमाडौँ आउँदै गरेका ७ जना भारतीय क्रिप्टो कारोबारी फर्पिङबाट पक्राउ

काठमाडौँ । काठमाडौँको फर्पिङबाट प्रहरीले ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार फर्पिङ चेकपोष्टबाट पक्राउ परेका उनीहरू क्रिप्टोकारोबारमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ पर्नेमा राजस्थान घर भएका २१ वर्षीय अजय सैनी, १८ वर्षीय हिमान्सु सैनी, २६ वर्षीय अंकित सैनी, १९ वर्षका आर्यन सैनी, २० वर्षीय अभिषेक सैनी, १८ वर्षीय बिरेन्द्र गुजर र ४२ वर्षीय उमाशंकर शर्मा छन् ।आरोपीहरूको साथबाट ३२ थान मोबाएल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । मोबाइल चेकजाँच गर्दा उनीहरुले १ करोड ८९ लाख बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको छ । बरामद मोबाइल परीक्षणको लागि डिजिटल फरेन्सिक ल्याबमा पठाइने एसएसपी अधिकारीले जानकारी दिए ।भारतीयहरुविरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update