नेभिगेशन
बजार अर्थतन्त्र

अमेरिकालाई चीनको चेतावनी : अमेरिकाले चाहेजस्तो युद्धको लागि चीन तयार छ

अमेरिकालाई चीनको चेतावनी : अमेरिकाले चाहेजस्तो युद्धको लागि चीन तयार छ

बेइजिङ : डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले चीन सबै प्रकारको युद्धको लागि तयार रहेको बताएको छ।

चिनियाँ दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, 'चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं।'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारदेखि चीनमाथि १०% नयाँ कर लगाउने घोषणा गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update