नेभिगेशन
बजार अर्थतन्त्र

नेपालमा २६ वर्षमा एनजीओको खर्च सवा तीन खर्ब !

गैर–सरकारी संस्था ( एनजीओ)ले पछिल्लो साढे २६ वर्षमा तीन खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी रकम नेपालमा खर्च गरेको पाइएको छ । एनजीओले उक्त रकम आर्थिक वर्ष २०५५ देखि २०८१/८२ को पुस मसान्तसम्म नेपालमा खर्चिने गरी समाज कल्याण परिषद्बाट स्वीकृत गराएका हुन् ।

एनजीओले उक्त रकम आर्थिक वर्ष २०५५ देखि २०८१/८२ को पुस मसान्तसम्म नेपालमा खर्चिने गरी समाज कल्याण परिषद्बाट स्वीकृत गराएका हुन् । 

परिषद्बाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो साढे २६ वर्षको अवधिमा एनजीओका कुल ३ खर्ब १८ अर्ब २३ करोड ५३ लाख १८ हजार ८२० रुपैयाँका विभिन्न परियोजना स्वीकृत गरिएका छन् ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात २०८१ साउनदेखि पुस मसान्तसम्म मात्र एनजीओका १८ अर्ब ८ करोड रुपैयाँ बराबरका १ हजार १६५ वटा परियोजना परिषदबाट स्वीकृत भएका छन् । 

“हालसम्म नेपालमा ५८ हजारभन्दा बढी एनजीओ दर्ता भइसकेका छन् । तर तीमध्ये १० हजार जति मात्र सक्रिय छन्,” समाज कल्याण परिषद्को योजना तथा कार्यक्रम विभाग प्रमुख संजयकुमार मल्लिकले जानकारी दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update