नेभिगेशन
समाचार

सोनाम ल्होसारको दिन एकाबिहानै प्रधानमन्त्रीले सम्झिए बाल्यकाल

सोनाम ल्होसारको दिन एकाबिहानै प्रधानमन्त्रीले सम्झिए बाल्यकाल

बिहीबार सोनाम ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउने बताउनुभएको छ । उहाँले यो धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा सबैलाई शुभकामना दिनुभएको छ ।

ल्होसारमा गाइने सेला नेपाली लोकसङ्गीतको महत्त्वपूर्ण विधा भएको ओलीले उल्लेख गर्नुभएको छ । त्यसैले यो पर्व धार्मिक साथै सांस्कृतिक पर्व पनि भएको ओलीले बताउनुभएको छ ।

‘आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होसार, सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ, यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्त्वपूर्ण विधा हो, हाम्रो सुन्दर पर्व सोनाम ल्होसारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना’, ओलीले शुभकामना सन्देशमा लेख्नु भएकोIMG_20250130_173930-1738238331.jpg
छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update